अपडेट 
२०८० फाल्गुन १०, बिहीबार ०६:२६

धनुषामा सशस्त्र प्रहरीले अवैधरुपमा चोरी पैठारी गरी ल्याइएको खाद्यान्न सामग्रीहरुमा कडाई गरेको छ ।

सशस्त्र प्रहरी बल धनुषाले अवैध चोरी पैठारी गरी आवतजावतमा कडाइ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेडक्वार्टर धनुषाका गणपति दर्शन गिरिले नेतृत्व सम्हाले पछि अवैध चोरी पैठारीमा कडाइ गरिएको जनाइएको छ । सीमावर्ती क्षेत्रमा कडाई भएसंगै तीन दिनमा १० लाख २० हजार रुपैयाँ मूल्य बराबरको तस्करीका अवैध सामग्रीहरु बरामद गरिएको सशस्त्र प्रहरी बल धनुषाले जनाएको छ । बरामद गरिएको सामग्री मध्ये मदिरा, किराना, लत्ताकपडालगायतका विभिन्न सामग्रीहरु रहेको सशस्त्र प्रहरी बल धनुषाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News