अपडेट 
२०८० फाल्गुन ११, शुक्रबार ०७:३०

मधेश प्रदेश सरकार ढाल्न अगुवाइ गरेको माओवादी केन्द्रमा आन्तरिक विवाद चर्किएको छ । गठबन्धन दलको नेतृत्व समेत गरिरहेका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन विपरीत मधेश प्रदेशमा भएको सत्ता परिवर्तनको खेलमा लागेकाहरुलाई कारवाही गर्न माग उठेको छ ।

माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरत साहले भारतीय भूमिमा सभासदहरुलाई लगेर गठबन्धन नेतृत्वको सरकार ढालेर आफू मुख्यमन्त्री बन्न गरेको असफल प्रयासको पार्टी भित्र चर्को आलोचना हुन थालेको छ । पार्टीका नेताहरुले सरकार ढाल्ने खेलमा लागेका सभासदहरुलाई कारवाही गर्नुपर्ने धारणा सार्वजनिक रुपमा व्यक्त गर्न थालेका छन् ।

पूर्व मन्त्री एवं एमालेका युवा नेता उमेश यादवले माओवादी सभासदहरुलाई बैठकका लागि भारतीय भूमिमा लग्नेहरुलाई सार्वजनिक गरी कारवाही गर्न माग गरेका छन् । ‘केन्द्र सरकारको जग नै हल्लाउने, भत्काउने गरी मधेश सरकारलाई विश्वासको मत न दिन भारत, बिहारको सुरसण्डमा बार म्बार बैठक गरेकाहरु माथि कारवाही हुनुपर्छ ’ यादवले भनेका छन्, पर्दा पछाडिका खलनायकहरु को को रहेछन् ? भन्ने आमजनताले थाहा पाउनुपर्छ ।

मधेश प्रदेशमा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री रहेकी माओवादी नेतृ सुनिता यादवले पनि भारत सुरसण्ड बैठकको कडा आलोचना गरेकी थिइन् । सरकार ढालेर मुख्यमन्त्री हुने विश्वासमा रहेका भरत साहको नाम नलिइकनै मन्त्री यादवले उनको आलो चना गरेकी छन् । ‘राजनीतिमा धैर्य हुनु अति आवश्यक छ । आफू पटक–पटक अवसर पाउदा सबै ठिक हुने । थोरै दिन के सत्ता बाट बाहिर हुनु पर्छ ,जे गल्ती गर्न नि तयार हुने ’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ,यस्तो राजनीति प्रवृत्तिले हामीलाई कहा पुर्याउने हो?सबैले आज सोच्नु पर्ने विषय हो । यादवलाई मन्त्री बनाइएदेखि नै साह असन्तुष्ट बनेका छन् ।

संसदीय दलको नेताको हैसियतमा उनले आफूलाई नै मन्त्रीका लागि नाम सिफारिस गरेका थिए । तर पार्टी अध्यक्ष प्रचण्डले नै मन्त्रीका लागि यादवको नाम मुख्यमन्त्रीलाई पठाएपछि साह मन्त्री हुनबाट रोकिएका थिए । गठबन्धनमा रहेर सरकारको आलोचना गर्दै आएका साहले पछिल्लो पटक मुख्यमन्त्री नै हुने गरी भारतीय भूमिमा गठबन्धन भत्काउने गरेको बैठकपछि निकै आलोचित हुन थालेका छन् । सरकार ढाल्ने खेल असफल भएपछि साहले पनि प्रदेश सभामा मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए ।

विश्वासको मत माओवादीका सबै सभासदहरुले दिएका थिए । हाल प्रदेश सभामा रिक्त रहेको दुई मन्त्रालय मध्ये एउटा मन्त्रालय माओवादले पाउने निश्चित नै छ । माओवादीमा विरोध हुन थालेपछि साहको संभावना कमजोर भएको ने ताहरुले बताउन थालेका छन् । सत्ता समीकरण नै भत्काउने खेलको माओवादीले नेतृत्व गरेको विषय गम्भीर रहेको माओवादी मधेश प्रदेशका ईञ्चार्ज लिलामणी पोखरलले बताए । ‘संघीय गठबन्धनका शीर्ष नेताहरुले गरेको निर्णय विरुद्ध प्रदेशका सभासदहरु जानु गम्भीर विषय हो ’ उनले भने, माओवादी स्थायी कमिटीको जारी बैठकमा मधेश प्रदेशमा भएको पछिल्लो राजनीतिक घटनाक्रम पनि एजेण्डा रहेको छ । भारतीय भूमिमा भएको बैठकमा सहभागी हुनु गलत भएको उल्लेख गर्दै नेता पोखरे लले भने, नेपाली भूमिमा गरेको भए गम्भीर विषय नहुन पनि सक्थ्यो । उनले बैठकमा अन्य दलका सभासदहरुको पनि सहभागिता रहेकाले त्यस विषयमा छलफल हुने बताए ।

मधेश प्रदेश सरकारमा सहभागी रहेका नेपाली कांग्रेस, जनता समाजवादी पार्टी( जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), माओवादी र नेकपा एस मध्ये लोसपा र माओवादी गठबन्धन भत्काउने खे लमा सकृय देखिएको थियो । सरकार ढाल्न भएको खेलमा सहभागी रहे का माओवादी नेताहरुलाई कारवाही हुन सक्ने संभावना बढेको छ । तर लोसपामा कारवाहीको संभावना छैन् । लोसपाका वरिष्ठ नेता समेत रहे का श्रम मन्त्री शरतसिंह भण्डारीले सामाजिक सञ्जालमा बैठकप्रति असन्तुष्टि जनाए पनि अध्यक्ष महन्थ ठाकुर मौन रहेका छन् ।

Comment


Related News

Latest News

Trending News