अपडेट 
२०८० फाल्गुन १२, शनिबार ०८:१३

मधेश प्रदेशमा स्वास्थ्य शिक्षा प्रदान गर्दै आएको नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशकमा शाहनवाज अन्सारीलाई नियुक्त गरिएको छ ।

वीरगञ्ज महानगरपालिका– १५ भेडियाहीमा रहेको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको प्रबन्ध निर्देशकमा शाहनवाज अन्सारीलाई चयन गरिएको कलेजले जनाएको छ ।

अस्पताल सञ्चालक समितिको गत ४ गते बसेको बैठकले प्रबन्ध निर्देशक पदमा शाहनवाजलाई नियुक्त गरेको हो । उनी सञ्चालक समितिका अध्यक्ष महम्मद जैनुद्दिन अन्सारीका पुत्र रहेका छन् । लामो समयदेखि कलेजको प्रबन्ध निर्देशकमा बसरुद्दिन अन्सारी रहेका थिए । बसरुद्दिन नेकपा एमालेका मधेश प्रदेश समिति सदस्य पनि हुन् ।

सञ्चालक समितिका पदाधिकारीसंग गलत व्यवहार गरेको कारण केही महिना अगाडि अध्यक्ष डाक्टर जैनुदिन अन्सारीले प्रबन्ध निर्देशक पदबाट बर्खास्त गरेको बताइएको छ । बसरुदिन अन्सारी डाक्टर जैनुदिन अन्सारीका सहोदर भाई हुन । प्रबन्ध निर्देशक पदमा पुनः स्थापित गराउन बसरुदिन अन्सारी दुबईदेखि पाकिस्तानसम्मका माफिया केन्द्रहरुमा हारगुहारसमेत लगाएको स्रोतको दाबी छ ।

अन्सारी परिवारको विवाद चुलिँदै जिल्ला प्रशासन कार्यालय पर्सासम्म पुगेको थियो । अस्पतालमा अब बसरुदिन अन्सारीको १० प्रतिशत मात्र सेयर रहेको अस्पतालका सञ्चालक अध्यक्ष जैनुद्दिनल जनाएका छन् । पारिवारिक किचलोको प्रत्यक्ष प्रभाव मेडिकल कलेजमा देखिएको छ । बसरुद्दिन अन्सारी प्रबन्ध निर्देशक रहँदा कलेज पटक–पटक विवादमा पर्ने गरेको थियो । जैनुद्दिनले भाई बसरुद्दिनलाई हटाएर छोरालाई प्रबन्ध निर्देशक नियुक्त गरेसँगै कलेजको सबै क्षेत्रमा सुधार हुने दाबी गरिएको छ ।

Comment


Related News

Latest News

Trending News