अपडेट 
२०८० फाल्गुन १२, शनिबार १७:१०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सबै भन्दा लामो झुलंगे पुलको उद्घाटन गर्नुभएको छ ।

शनिबार प्रधानमन्त्री प्रचण्डले धनुषाको जनकनन्दनी गाँउपालिकाको कठाल र सिरहाको मलहनियालाई जोडने नेपालकै सबै भन्दा लामो झुलंगे पुलको आज समुदघाटन गर्नुका साथै कमलामा बन्ने पुलको शिलान्यास समेत गर्नुभएको छ ।

ुसो क्रममा प्रधानमन्त्री प्रचण्डले मधेशको विकासमा आफू निरन्तर काम गरिरहेको बताउनु भयो । उनले मधेसको विकास नभइकन देशको विकास नहुने उल्लेख गरे । उनले मधेसको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

निर्माण सम्पन्न भएको पुलले धनुषा र सिरहाका जनतालाई राहत पुर्‍याएको बताउँदै उनले दुई जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । प्रधानमन्त्रीले कमला नदीमा तटबन्ध निर्माण गर्ने अन्य पुल निर्माणमा पनि आफूले सक्दो सहयोग गर्ने बताए ।

नेपालकै सबैभन्दा लामो यस पुलको लम्बाइ एक हजार पाँच सय दशमलव ४४ मिटर लामो पुल हो ।

Comment


Related News

Latest News

Trending News