अपडेट 
२०८० फाल्गुन १३, आईतवार १३:२५

धनुषाको महेन्द्रनगरमा प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने भएको छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर स्थित क्षिरेश्वर माध्यमिक विद्यालयको खेल मैदानमा भोलिदेखि हुने प्रतियोगिताको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

फागुन १९ गतेसम्म हुने हक्कीमा कर्णाली प्रदेश बाहेक ८ वटा टिम सहभागी हुने आयोजक एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।
जसमा ६ वटा प्रदेश, १ विभागीय र एक आयोजक टिम रहने छ । १४४ जना महिला खेलाडी खेलमा सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ५० हजार, द्वितीय पुरस्कार १ लाख र त्रितिय पुरस्कार ५० हजार रहेको र उत्कृष्ट खेलाडीलाई १० हजार दिइने छ ।

Comment


Related News

Latest News

Trending News