अपडेट 
२०८० फाल्गुन १३, आईतवार १७:४३

वीरगञ्जस्थित नारायणी अस्पतालमा छोरी जन्मेपछि आमा अस्पतालबाटै फरार भएकी छन् । वीरगञ्जको नारायणी अस्पतालमा शनिबार बिहान सीता देवी नाम दर्ता गराएकी महिलाले छोरीलाई जन्म दिएकी थिइन् ।

सुत्केरी व्यथा लागेपछि शुक्रबार साँझ सासूसँग अस्पताल पुगेकी उनले जन्म दिएकी शिशु स्वास्थ्य अवस्थामा सामान्य रहेको अस्पतालले बताएको छ । अस्पतालमा रानीघाट-६ वीरगञ्जको ठेगाना टिपाए उनीहरूले दुवैजनासँग मोबाइल नभएको बताएका थिए ।

छोरी जन्मिएपछि सीतालाई परिवारका सदस्यले गाली गरेकाे स्वास्थ्यकर्मीले बताए । अस्पतालमै पनि परिवारका सदस्यले तनाव दिएजस्तो देखिएको उनीहरूको भनाइ छ । यसअघि सीताका तीन छोरी जन्मिएका थिए ।

उनीहरू फागुन १२ गते दिनभर अस्पतालमै बसेका थिए । साँझ अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्डको आँखा छलेर उनीहरु हिँडेका हुन् । साँझपख बेडमा शिशु मात्रै देखेपछि स्वास्थ्यकर्मीले खोजी गरेका थिए, तर भेटिएनन्।

Comment


Related News

Latest News

Trending News