२०८० फाल्गुन १६, बुधबार १३:०३
सुनचाँदीको भाउ घटेको छ ।
सुन तोलामा एक सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो एक लाख १८ हजार तीन सय रहेको सुन आज एक लाख १८ हजार दुई सयमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले घटेको छ । हिजो एक हजार तीन सय ८० रुपैयाँ रहेको चाँदी आज एक हजार तीन सय ७५ रुपैयाँ तोकिएको छ ।


