अपडेट 
२०८० फाल्गुन १७, बिहीबार ०७:१४

खानेपानी संस्थान जनकपुरधामले पाइपमार्फत वितरण गर्ने खानेपानीबाट ८८ प्रतिशत घरधुरी अहिले पनि खानेपानीबाट वञ्चित रहेका छन् ।

जनकपुरधाम नगर क्षेत्रमा दैनिक २ करोड ५० लाख लिटर पानीको माग रहे पनि संस्थानले १२ प्रतिशत घरमा मात्र पाइपमार्फत पानी आपूर्ति गर्दै आइरहेको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्यांक हेर्ने हो भने मधेश प्रदेशको राजधानी जनकपुरधाममा ४० हजार ४ सय ९ घर परिवार रहेका छन् । तर खानेपानी संस्थानले हालसम्म ४ हजार ६ सय ८५ घरमा मात्र धारा जडान गरेको छ । जडान गरेको धारामध्ये ४४ प्रतिशत घरमा आंशिक रुपमा मात्र पानी आउने गरेको छ ।

संस्थानले जनकपुरधाम उपमहानगरपालिकामा रहेका २५ वटा वडामध्ये १४ वटा वडामा ४ हजार ६ सय ८५ घरमा मात्रै धारा जडान गरिएको छ भने जडान भएको धारामध्ये ५६ प्रतिशतमा मात्रै पूर्णरुपमा पानी आउने गरेको संस्थानका प्रमुख विष्णुदेव साहले जानकारी दिए । संस्थानले जनकपुरधाम– १० र रामानन्द चोकमा निर्माण भएको ४ लाख ५० हजार क्षमताका दुईवटा ओभरहेड ट्यांकीमा ६ वटा डिपबोरिङबाट संकलित भूमिगत पानीलाई प्रशोधन गरी वितरण गरिरहेको छ । तर ३४ वर्ष पुरानो वितरण प्रणालीका कारण ठाउँठाउँमा पाइप फुटेको, चर्केको र जीर्ण रहेकोले धेरै ठाउँमा खानेपानी पु¥याउन नसकिएको प्रमुख साहले बताए ।

सीमित बजेटका कारण ३४ वर्ष पुरानो तथा जीर्ण पाइपका कारण सबै वडामा खानेपानीको आपूर्ति गर्न सकेको छैन । करिब ५० प्रतिशत मात्रै नियमित रुपमा पानी आपूर्ति हुने गरेको छ । संस्थानले चालु आर्थिक वर्षमा कार्यालयभित्र एक करोड ३० लाख मूल्य बराबरको लागतमा थप ५ लाख लिटर क्षमताको ट्यांकी, ४ करोडभन्दा बढीको लागतमा मुजेलिया प्रहरी चौकीदेखि वडा नं ८ स्थित होटल सियाशरणसम्म ६ लेन सडक छेउमा ७ किलोमिटर लामो सडकको दायाबायाँ ८, ८ इन्चको पाइप विछ्याउने कार्य गरिरहेको छ ।

सीमित स्रोतसाधन भए पनि संस्थाले ५ लाख लिटर पानी भण्डारण हुने र चालु आर्थिक वर्षमा थप एक हजार धारा जडान गर्ने लक्ष्य लिएको छ । सुख्खायामा यहाँका चपाकलहरु सुख्ने गरेका गर्छन् भने खानेपानी संस्थानले सबै ठाउँमा पानीसमेत पु¥याउन नसकिरहेको अवस्थामा जनकपुरधाममा निकट भविष्यमै खानेपानीको गम्भीर समस्या उत्पन्न हुने सर्वसधाराणको भनाइ छ ।

मधेश प्रदेशको राजधानीममै खानेपानीमा समस्या देखिए पनि यस विषयमा प्रदेश सरकार गम्भीर देखिएको छैन ।

Comment


Related News

Latest News

Trending News