अपडेट 
२०८० फाल्गुन १८, शुक्रबार ०७:०२

स्थानीय व्यवसायीहरुलाई भन्सार जाँचपासपछिको परीक्षणमा निकै कठिनाइ र समस्या उत्पन्न हुँदा अनाहकमा फस्ने गरेको भन्दै भन्सार विभागसँग समन्वय तथा सहकार्य भएको छ ।

जनकपुरधाम उद्योग वाणिज्य संघको समन्वयमा भन्सार जाँचपास परीक्षण कार्यालयले स्थानीयस्तरमा प्रतिनिधि मूलक रुपमा प्रशिक्षण दिएका छन् । भन्सार जाँचपास पछिको परीक्षण सम्बन्धी अवधारणा तथा प्रक्रियाबारे जानकारी दिँदै भन्सार विभागका प्रमुख भन्सार परीक्षक जनार्दन पौडेलले स्थानीय व्यवसायीहरुले आयात तथा निर्यात गर्दा कानुनी प्रक्रियागतरुपमा भन्सार सम्बन्धी कामकाज गर्दा निर्धकताका साथ अघि बढ्न आग्रह गरे ।

भन्सार जाँचपास परीक्षण सम्बन्धी अन्तरक्रिया तथा गोष्ठीमा बोल्दै प्रमुख भन्सार परीक्षक पौडेलले यहाँका व्यवसायीहरुले सामग्री आयात गर्दा भन्सारको प्रज्ञापन पत्र भर्ने क्रममा विजकीकरण, वर्गीकरण, कैफियत लगायतकामा त्रुटिपूर्ण हुँदा कठिनाइ र समस्या उत्पन्न हुने गरेको स्पष्ट पारे । त्यसैले यहाँका सरोकारवालाहरुलाई तालिममार्फत सहजीकरण गरेको उनले बताए । उनले भन्सारबाट कानुनी प्रक्रियारुपमा सामग्री आयात वा निर्यात गर्दा कसैसँग पनि डराउनुपर्ने आवश्यकता नरहेको समेत बताए ।

जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनिष रमण साहले स्थानीय भन्सार कार्यालय, सुरक्षा निकाय तथा जनकपुरधाम भन्सार कार्यालयले व्यवसायीसँगको समन्वय र सहजीकरणमा बाधा अवरोध उत्पन्न गर्दा समस्या उत्पन्न हुने गरेको बताए । उनले भन्सार कार्यालयबाट सामग्रीलाई जाँचपास गरी नियम संगतरुपमा विल भरपाई लिएर आउँदा समेत सशस्त्र प्रहरीले बाटोबाटै सामग्री नियन्त्रणमा लिएर पुनः भन्सारमा बुझाउँदा समेत सम्बन्धित व्यवसायीलाई दुःख दिने गरेको गुनासो गरे ।

सो गोष्ठीमा सहभागी भएका धनुषा, महोत्तरी, सर्लाहीका भन्सार कार्यालयका प्रतिनिधि तथा सरोकारवालले भन्सार कार्यालय परिसरमा पार्किंगको सुविधा तथा सामग्री राख्ने स्थल नहुँदा कच्चा पदार्थ लगायतका सामग्रीहरु समेत सड्ने सम्भावना रहेकोले यसप्रति सम्बन्धित निकायले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताए ।

Comment


Related News

Latest News

Trending News