अपडेट 
२०८० फाल्गुन १८, शुक्रबार ११:०७

नेपाली ललितकला क्षेत्रमा यसवर्ष पहिलो पटक सातै प्रदेशमा प्रादेशिक ललितकला प्रदर्शनी थालनी भएको छ । देशको सङ्घीयताअनुरुप सातै प्रदेशलाई समान स्थान दिँदै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले यसपटकबाट सातै प्रदेशमा प्रदेशस्तरीय कला प्रदर्शनीको शुरुवात गरेको हो ।

कर्णाली प्रदेशको सुर्खेतबाट हिजोदेखि शुरु भएको प्रदर्शनी आउँदो चैत १६ गतेसम्म चल्नेछ । सातै प्रदेशमा झण्डै एक महिनासम्म प्रादेशिक प्रदर्शनी हुने प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र थुम्केली काफ्लेले जानकारी दिनुभयो । उहाँले अन्य प्रदेशका प्रदर्शनीको पनि तयारी लगभग पूरा भएको बताउनुभयो ।

कर्णाली प्रदेशको प्रदर्शनी यही फागुन २१ गतेसम्म चल्नेछ । गण्डकीमा फागुन १९ गतेदेखि २३ गतेसम्म, सुदूरपश्चिममा फागुन २० गतेदेखि २४ गतेसम्म, लुम्बिनीमा फागुन २२ गतेदेखि २६ गतेसम्म, कोशीमा फागुन २९ गतेदेखि चैत ३ गतेसम्म, मधेशमा चैत २ गतेदेखि चैत ५ सम्म तथा बाग्मतीमा चैत १२ गतेदेखि १६ गतेसम्म प्रदर्शनी गरिने छ ।

प्रदर्शनीबाट छानिएका कलाकृति २०८१ जेठ १५ गते काठमाण्डौमा हुने ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ मा राखिने प्रतिष्ठानले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News