अपडेट 
२०८० फाल्गुन १९, शनिबार ०८:४१

संघीय सरकारको राष्ट्रिय गौरवको बहुउद्देश्यीय सुनकोशी मरिन डाइर्भसन आयोजना अन्तर्गत सुरुङ्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

२०७७ फागुन २० मा सिन्धुलीको कमलामाई नगरपालिका –२ कुसुमटारमा शिलान्यास भइ सो आयोजना अन्तर्गत अहिले सम्म सुरुङ्गको ८० प्रतिशत कार्य सम्पन्न भएको छ । कुल १३.३ किलोमिटर लामो दुरी सम्म सुरुंङ्ग खन्नुपर्नेमा अहिले ८० प्रतिशत सुरुंङ्ग खन्ने काम पूरा भएको आयोजना प्रमुख मित्र बरालले जानकारी दिए ।

संघीय सरकारको ४९ अर्ब ५२ करोड ३१ लाख कुल लागत रहेको सो आयोजना निर्माणमा हालसम्म करीब १२ अर्ब रुपैयाँ खर्च भइसकेको आयोजना प्रमुख बरालले बताए । चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिंगले ठेक्का लिएको सो आयोजना सम्पन्न भइ सञ्चालनमा आएपछि तराई मधेशको कुल एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा उपलब्ध हुने छन् ।

नेपालका विद्युत तथा अन्य सिंचाईको आयोजनाहरुमा सुरुंग निर्माण भएपछि सुनकोशी नदीको पानी मरिनखोलामा झारेर विद्युत उत्पादन गर्ने र मधेश प्रदेशको एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा उपलब्ध गराउन लक्ष्य संघीय सरकारले लिएको छ । चुरे पर्वत श्रृंखलाबाट महाभारत पर्वत श्रृंखलामुनि हाल सुरुंग निर्माण भइसकेको छ र कडा चट्टानयुक्त क्षेत्र भएकोले काम गर्न अप्ठ्यारो भए पनि समयमै आयोजना सकिने प्रमुख बरालले बताए ।

सु्नकोशी गाउँपालिका –७ कानढुङ्ग्र स्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीमा सो पानी मिसाइने छन् । सुनकोशीको करीब ६७ क्वीसेट पानीलाई सुरुंग मार्फत सिन्धुलीको कमलामाई नगरपालिका –२ कुसुमटार स्थित सो पानी मरिन खोलामा खलालिनेछन् ।

त्यसपछि उक्त पानी सर्लाहीको बागमती सिंचाई आयोजनाको पूर्वाधार प्रयोग गरी मधेश प्रदेशको धनुषा, महोत्तरी, सिरहा, सर्लाही, रौतहट र बारा जिल्लाको एकलाख २२ हजार हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा उपलब्ध हुनेछन् । यो आयोजनाबाट ३१ मेगावाट बराबरको विद्युत समेत उत्पादन गरिने लक्ष्य लिएको छ । सुनकोशी मरिनडाइभर्सनको आयोजना पूरा भइ संचालनमा आएपछि मधेश प्रदेशमा सिँचाईको ठूलो टेवा पुग्ने जानकार हरुको विश्वास छ ।

Comment


Related News

Latest News

Trending News