अपडेट 
२०८० फाल्गुन १९, शनिबार ०८:४३

निजी विद्यालयहरुको छाता संगठन प्याब्सन र एनप्याब्सनको संयुक्त आयोजनामा आयोजित एथलेटिक्स टुर्नामेन्ट सम्पन्न भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकास्थित श्रीराम जानकी अन्तर्राष्ट्रिय रंगशालामा आयोजित दुई दिने एथलेटिक्स टुर्नामेन्टमा जनकपुरधामका २२ वटा निजी विद्यालयहरुको सहभागिता रहेको थियो ।

टुर्नामेन्टमा ट्रयाक अन्तर्गतको दौड, ज्याब्लिंग थ्रो, शटपुट थ्रो, हाई जम्प र लंग जम्प लगायतका ३ वटा प्रतियोगिता सिनियर ब्याज, सिनियर गल्र्स, जुनियर ब्याज, जुनियर गल्र्स गरी चार क्याटोगरीमा आयोजना गरिएको थियो । टुर्नामेन्टमा ट्रयाक अन्तर्गत १ सय मिटर, २ सय मिटर, ३ सय मिटर र ४ सय मिटर दौड प्रतियोगिता आयोजना भएको थियो ।

टुर्नामेन्टमा कक्षा १० सम्मका विद्यार्थीहरुको सहभागिता रहेको एनप्याब्सन धनुषाका अध्यक्ष आशिष झाले जानकारी दिए । २२ वटा विद्यालय सहभागी मध्ये जनकपुर पब्लिक स्कूल पहिलो दिनमै कारवाहीमा परेपछि २१ वटा विद्यालयले मात्र टुर्नामेन्टमा भाग लिन पाएका थिए । एक विद्यालयबाट विभिन्न खेलमा गरी ४४ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

एनप्याबसनका नगरअध्यक्ष दिपक ठाकुरको अध्यक्षतामा सम्पन्न दुई दिने टुर्नामेन्टमा सिनियर ब्याजतर्फ मनोकामना बोर्डिँग स्कूल पहिलो, एर्रे इन्टरनेशनल बोर्डिँग स्कूल दोश्रो, जानकी इग्लिंश बोर्डिँग स्कूल तेश्रो, साउथ प्वाईन्ट बोर्डिँग स्कूल चौथौ स्थान प्राप्त गरेका छन् भने सिनियर गल्र्सतर्फ एर्रे इन्टरनेशन बोर्डिँग स्कूल पहिलो, विद्यापति बोर्डिँग स्कूल दोश्रो ऊँ आरसीएस बोर्डिँग स्कूल तेश्रो र मनोकामना बोर्डिँग स्कूल चौथो स्थान प्राप्त गरेको अध्यक्ष झाले जानकारी दिए ।

यस्तै जुनियर ब्याजतर्फ एर्रे इन्टरनेशन बोर्डिँग स्कूल पहिलो, जानकी बोर्डिँग स्कूल दोश्रो, मनोकामना बोर्डिँग स्कूल तेश्रो र गार्गी मेमोरियल बोर्डिँग स्कूल चौथो स्थान प्राप्त गरेका छन भने जुनियर गल्र्स जेनिथ बोर्डिँग स्कूल पहिलो, मनोकामना बोर्डिँग स्कूल दोश्रो गार्गी मेमोरियल बोर्डिँग स्कूल तेश्रो र एर्रे इन्टरनेशन बोर्डिंग स्कूल चौथो स्थान प्राप्त गरेको छ ।

टुर्नामेन्टमा विजयी विद्यार्थीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह, धनुषा क्रिकेट संघका अध्यक्ष शोभकान्त पाण्डे, एनप्यासबन मधेश प्रदेशका लालजी ठाकुर, जनकपुरधाम १३ का अध्यक्ष जीतनारायण राउत लगायतका व्यक्तिहरुले मेडल तथा ट्रफी प्रदान गरेका थिए ।

Comment


Related News

Latest News

Trending News