अपडेट 
२०८० फाल्गुन २१, सोमबार ०७:२९

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सरकार गठबन्धनकै कारण जुनसुकै बेला चर्मराउन सक्ने बताएका छन् ।

जनकपुरधाम विमानस्थलमा आइतबार संचारकर्मीहरुसँग कुराकानी गर्दै पूर्वमन्त्रीसमेत रहेका उपाध्यक्ष पौडेलले वर्तमान सरकारको सत्ता गठबन्धनमै अन्तर्विरोध रहेको हुनाले जुनसुकै बेला टुट्न सक्ने बताए ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका स्थित महेन्द्रनगरमा आयोजना गरिएको महिला राष्ट्रिय हक्की प्रतियोगिताको समापन समारोहमा सहभागी हुन पुगेका उपाध्यक्ष पौडेलले सत्ता गठबन्धन भित्रै देखिएको व्यापक असन्तुष्टि र अन्तर्विरोधका कारण जुनसुकै बेला टुट्न र फुट्न सक्ने बताए । आफुहरु गठबन्धन भित्रको तमासा हेरिरहेको बताउँदै उपाध्यक्ष पौडेलले कसैलाई पनि अहिले नै काँध थाप्ने अवस्थामा नरहेको समेत बताए । सत्ता गठबन्धनमा रहेका दलहरुको आ–आफ्नै स्वार्थ रहेकाले बार्गेनिंगकै भरमा सत्ता चलिरहे पनि जुनसुकै बेला अहिलेको गठबन्धन सरकार ढल्ने उपाध्यक्ष पौडेलले बताए ।

उनले गठबन्धनभित्रको असन्तुष्टि प्रत्यक्षरुपमा देखिए पनि अझैसम्म स्पष्ट नभएकोले एमालेले वर्तमान गठबन्धन सरकारलाई काँध थापेर रमिते नबन्ने पक्षमा रहेको बताए । उनले अहिले मुलुकको विकास र प्रगतिको बाधक गठबन्धन सरकार रहेको समेत आरोप लगाए ।

Comment


Related News

Latest News

Trending News