अपडेट 
२०८० फाल्गुन २१, सोमबार ०७:३४

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सडक सुरक्षाका लागि प्रदेश सरकार प्रतिवद्धत रहेको वताएका छन् । उनले सडकमा हुने दुर्घटना न्यूनिकरणका लागि प्रदेश सरकार प्रहरी संग कान्धमा कान्ध मिलाएर चल्न तयार रहेको बताए । तर, प्रदेशको शान्ति सुरक्षाको सबालमा नेपाल प्रहरीले प्रदेश सरकार संग समन्वय नगरेको गुनासो समेत गरे ।

नेपाल प्रहरी प्रधान कार्यालयद्वारा आयोजित सडक सुरक्षा सम्बन्धि प्रस्तुति तथा डव्लु एच ओ द्वारा ब्रेवलाइजर हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री यादवले प्रदेशको शान्ति सुरक्षाको विषयमा प्रदेश सरकार गम्भीर भए पनि नेपाल प्रहरीको असमन्वयकारी भूमिकाका कारण सोचे अनुरुपको उपलब्धि हासिल गर्न नसकेको बताए ।

सडक दुर्घटना न्यूनिकरणका लागि प्रदेश सरकार आवश्यक कदम चाल्न तत्पर रहेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले सडक सुरक्षाका लागि चाहिने आवश्यक उपकरण मांग गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिए ।

मुख्यमन्त्री यादवले प्रत्येक जिल्लामा यातायात कार्यालय नहुँदा सेवाग्राहीलाई भइरहेको समस्यालाई मध्यनजर गर्दै प्रत्येक जिल्लामा यातायात कार्यालयको स्थापना गरेको बताए । उनले ट्राईल सेन्टरकै गाडी बाट ट्राईल दिनु ब्यबस्थाले सेवाग्राहीहरुलाई समस्या भइरहेकोमा अब आफ्नै गाडिले ट्राईल दिन पाउने ब्यबस्था लागु गरेको उल्लेख समेत गरे ।

कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री कृष्णा यादव, अर्थमन्त्री संजय यादव, स्वास्थ्यमन्त्री वीरेन्द्र प्रसाद सिंह, मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी यज्ञबिनोद पोखरेल सहितको उपस्थित रहेको थियो । सो अबसरमा विश्व स्वास्थ्य संगठनले ३० थान ब्रेथलाइजर प्रदेश ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको थियो ।

यता मुख्यमन्त्री यादवले मधेशको समृद्धिका लागि शिक्षा र स्वास्थ्य क्षेत्रलाई मधेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । नेपाल चिकित्सक संघ जनकपुरधाम शाखाको तत्वाधानमा नेपाल चिकित्सक दिवसको अवसर पारेर आइतबार बाट जनकपुरधाममा सुरु भएको मधेश स्वास्थ्य शिखर सम्मेलन २०२४को समुद्घाटन सत्रमा मुख्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रको विकासका लागि प्रदेश सरकार प्राथमिकताका साथ काम गरिरहेको बताए ।

शिक्षा र स्वास्थ्यलाई राजनीतिबाट टाढा राख्नु पर्ने उल्लेख गर्दै उनले यसका लागि सरकार र समुदायलाई हातेमालो गरेर अघि बढनुपर्ने विचार व्यक्त गरे । स्वास्थ्य क्षेत्रको सुधार भौतिक प्रगतिले मात्र सम्भव नरहेको बताउँदै उनले भने–‘प्रदेश सरकार स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार व्यवस्थापनको क्षेत्रमा तीब्र गतिमा अघि बढेको छ । अव चिकित्सकहरुले आफनो धर्म निर्वाह गर्नु पर्दछ । हामी मेसिन ल्याई दिन्छौ, चलाई दिने जिम्मा यहाँहरुको हो ।’ चिकित्सकहरुकै मांग अनुसार मधेश सरकारले हालै भर्ना गर्न लागेको करारका चिकित्सकहरुको लागि ४५ वर्ष उमेर निर्धारण गरेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले छिट्टै कानुन संशोधन गरेर लोक सेवामा समेत सोही उमेर निर्धारण गरिने प्रतिबद्धता समेत जनाए ।

चिकित्सकहरुको पारिश्रमिक सम्बन्धि गुनासोलाई सम्बोधन गर्न मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुलाई थप ४० प्रतिशत भत्ता दिन थालिएको जानकारी समेत गराए । मधेश सरकारले स्वास्थ्य क्षेत्रको विकासमा कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै मुख्यमन्त्री यादवले प्रदेश मातहतका प्रादेशिक अस्पतालहरुलाई १०० बेडमा स्तरोन्नति गर्नुका साथै थप ५ वटा अस्पताललाई ५० बेडको बनाउने कार्य भई रहेको बताए ।

चिकित्सक संघ जनकपुर शाखाका अध्यक्ष डा. रामजी यादवको अध्यक्षतामा भएको उक्त उद्घाटन सत्रमा विशिष्ट अतिथि एवं मधेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंहले सरकारको लगानीले मात्र स्वास्थ्य क्षेत्रको सुधार सम्भव नरहेको बताउँदै चिकित्सकहरुलाई इमान्दर हुनु पर्ने बताए । उनले शिखर सम्मेलनले निकाल्ने निष्कर्ष प्रदेश सरकारका लागि मार्ग दर्शन हुने र त्यसलाई आफूहरु सहर्ष ग्रहण गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उद्घाटन सत्रमा प्रा डा. जय नाथ साह, डा. निरज सिंह, डा. अनिल बिक्रम काकी सहितले मन्तव्य व्यक्त गरेका थिए ।

Comment


Related News

Latest News

Trending News