अपडेट 
२०८० फाल्गुन २१, सोमबार १०:१७

प्रचण्डकै नेतृत्वको सरकारमा एमाले सहितका दलहरु सहभागी हुने भएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आजै नयाँ मन्त्रिमण्डल गठन हुने जानकारी दिएका हुन् ।

एमाले सचिवालय सदस्यका अनुसार प्रचण्डको नेतृत्वमा नयाँ मन्त्रिमण्डल गठन हुनेछ । जसमा एमालेका एक, रास्वपाका एक, जसपाका एक मन्त्री रहनेछन् । एमाले सचिवालय बैठकले पहिलो चरणमा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीलाई पठाउनेछ ।

त्यसैगरी रास्वपाबाट सभापति रवि लामिछाने मन्त्रीका रूपमा शपथ लिने बताइएको छ । आजै साँझसम्म नयाँ मन्त्रिमण्डल गठन गर्ने र शपथ समेत हुने एमाले नेताहरूको भनाई छ । यस्तै जसपाले मन्त्री बन्ने नाम दिन बैठक बोलाएको छ ।

Comment


Related News

Latest News

Trending News