अपडेट 
२०८० फाल्गुन २१, सोमबार १४:०८

नयाँ सत्ता गठबन्धनका तीन जना नयाँ मन्त्रीहरूले सोमबार शपथ लिने भएका छन्।

सत्ता गठबन्धनको बैठकले एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डिपी अर्याललाई मन्त्री बनाउने निर्णय गरेको माओवादीका उपमहासचिव वर्षमान पुनले जानकारी दिए।

नयाँ मन्त्रीहरूको शपथ आजै अपराह्न गर्ने तयारी छ। उनकाअनुसार अरू शीर्ष नेताहरू मन्त्रालयको टुंगो लागेपछि सरकारमा सहभागी हुनेछन्।

गिरी पर्वत, तामाङ नुवाकोट-१ र अर्याल रास्वपाबाट सामानुपातिकमा निर्वाचित सांसद हुन्। यसअघि माओवादीबाट पुन र रास्वपाबाट सभापति रवि लामिछाने आजै सरकारमा सहभागी हुने तयारी भएको थियो।

तर मन्त्रालयको भागबण्डा र मन्त्रीहरूको वरियता नटुंगिएसम्म शीर्ष नेताहरू सहभागी नहुने निर्णय भएपछि यी तीन नेता सरकारमा सहभागी हुन लागेका हुन्। यी तीन मन्त्रीको शपथ आजै हुने पुनले जानकारी दिए।

Comment


Related News

Latest News

Trending News