अपडेट 
२०८० फाल्गुन २३, बुधबार ०७:१३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा धनुषामा राहत शिक्षकमा कार्यरत्त एक शिक्षिकालाई विशेष अदालत काठमाण्डुले सफाइ दिएको छ ।

नवयुवक आधारभूत विद्यालय, थुम्हौना, धनुषामा कार्यरत राहत शिक्षक सीता कुमारी यादव विरुद्ध आयोगले केही महिना अघि मुद्दा दिएको थियो । सो मुद्दामा विशेष अदालतले फैसला गर्दै सफाइ दिएको छ ।

यस फैसलाको पूर्णपाठ आउन भने अझै केही समय लाग्ने इजलास अधिकृत रोशन कुमार झाले जानकारी दिए । यादवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको निवदेन परेकोमा अनुसन्धान गर्दा साविक नवयुवक जनता प्राथमिक विद्यालयमा प्रा.वि. तहको अस्थायी राहत शिक्षक दरबन्दीमा नियुक्ति हुँदा बिहार संस्कृत शिक्षा बोर्ड पटना, भारतबाट मध्यमा तह उतीर्ण गरेको भनी झुठ्ठा शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षकको हैसियतमा लाभ लिइ भ्रष्टाचार गरेको भन्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

यता विशेष अदालतले नक्कली प्रमाण पत्रसम्बन्धी भ्रष्टाचार मुद्दाबाट सफाइ पाए पछि यादव भने खुसी छिन् ।

Comment


Related News

Latest News

Trending News