अपडेट 
२०८० फाल्गुन २३, बुधबार १५:२४

नेकपा एमालेले पनि नयाँ सरकारमा पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएको छ ।

एमालेले सचिव रघुवीर महासेठको नेतृत्वमा एक राज्यमन्त्रीसहित ८ जनालाई पठाउने पार्टी स्रोतले बताएको छ । रघुवीरलाई भौतिक पूर्वाधार मन्त्रालयमा पठाइनेछ । अन्यको भने मन्त्रालय टुंगो लागिसकेको छैन ।

राजेन्द्र राई, ज्वालाकुमारी शाह, दामोदार भण्डारी, भगवती चौधरी, हरिप्रसाद उप्रेतीलाई पनि एमालेले पुन: सरकारमा पठाउने भएको छ । विमला राई पौड्यालको ठाउँमा कपिलवस्तु १ बाट निर्वाचित बलराम अधिकारीलाई पठाइने भएको छ ।

Comment


Related News

Latest News

Trending News