अपडेट 
२०८० फाल्गुन २४, बिहीबार ०७:२३

आरती साह हत्या भएको झण्डै १० महिनापछि जिल्ला प्रहरी कार्यालय धनुषाले थप एक जनालाई पक्राउ गरेको छ ।

आरती साह हत्या प्रकरणमा जिल्ला हुदै सर्वोच्च अदालत सम्म सुनुवाई भइसककेको अवस्थामा बुधवार साँझ प्रहरीले जनकपुरका २७ वर्षीय रावि कुमार साहलाई पक्राउ गरेको छ । पक्राउ गरिएका साह मृतक साहकी देवर छन् ।

गत जेष्ठमा ७ गते आफ्नै घरमा झुण्डिएको अवस्थामा आरती मृत फेला परेकी थिइन । आरतीकी माईती पक्षले छोरीको हत्या गरेको भन्दै आरतीकी श्रीमान मोतिबाबु साह र ससुरा मदन मोहन साह विरुद्ध किटानी जाहेरी दिएका थिए ।

सो मुद्दामा जिल्ला अदालत धनुषाले आरतीका श्रीमान मोतिबाबु साह र ससुरा मदन मोहन साहलाई पूर्व पक्षका लागि थुनामा पठाएका थिए । तर उच्च अदालत जनकपुरधामले सोहीमा दुवै जनालाई साधारण तारेकमा छोडेको थियो । पछि सर्वोच्च अदालते पनि सो मुद्दामा आरतीका पति मोतिबाबु साहलाई पूर्व पक्षका थुनामा र ससुरा मदन मोहन साहलाई १ लाख धरौटीमा छोडन आदेश गरेको थियो ।

यता, बुधवार प्रहरीले रवि कुमार साहलाई पक्राउ गरेपछि आरतीका ससुरा पक्षले जिल्ला प्रहरी कार्यालय अगाडि नाराजुलस प्रदर्शन गरेको छ । जाहेरी समेत नपरेका व्यक्तिलाई प्रहरी पक्राउ गरि आफ्नो परिवारमाथि अन्याय गरेको भन्दै उनीहरुले प्रहरी विरुद्ध प्रदर्शन गरेका छन् । प्रहरीले आफ्नो वाहीवाहीका लागि आफ्ना निर्दोष छोरालाई पक्राउ गरेको आरतीकी ससुरा मदन मोहन साहले आरोप लगाए । पक्राउ गरिएका साहलाई अविलम्व रिहा गर्नुपर्ने माग समेत गरेका छन् ।

Comment


Related News

Latest News

Trending News