२०८० फाल्गुन २४, बिहीबार १३:१३

सर्लाहीमा ४ वर्षीय बालकको अपहरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्‍ता डिएसपी दिपेन्द्र पंजियार थारूका अनुसार अपहरणमा परेका बालकको उद्धार भएको छ।

अपहरण गरेको आरोपमा प्रहरीले भारत सितामढी बथुवारा वडा नम्बर १ बस्ने २७ वर्षीय अतावुल अन्सारीलाई पक्राउ गरेको हो। उनले भारतीय नागरिक सितामढी सोनवर्षा जानकी नगर वडा नम्बर १ दरबार लालवनी बस्ने ४ वर्षीय अंकित कुमार रामको अपहरण गरेका हुन्।

उनी सर्लाही पर्सा गाउँपालिका वडा नम्बर २ स्थित मामा घरमा गएका थिए। बुधबार दिउँसो साढे १ बजे कुरकुरे खरिद गर्न निस्किएको बेलामा अपहरणमा परेको डिएसपी पंजियार थारूले बताए।

उद्धार गरिएका बालकलाई परिवारको जिम्मामा लगाइएको छ। पक्राउ परेका अन्सारीमाथि म्याद थपका लागि जिल्ला अदालत सर्लाहीमा लगिएको छ।

Comment

Related News

Latest News

Trending News