अपडेट 
२०८० फाल्गुन २४, बिहीबार १३:१४

नेपाली बजारमा सुनको भाउले दिनदिनै नयाँ रेकर्ड बनाइरहेको छ । सुनको भाउ आज अहिलेसम्मकै उच्च भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ एक हजार पाँच सय रुपैयाँले बढेर प्रतितोला एक लाख २५ हजार रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला एक लाख २३ हजार पाँच सय रुपैयाँमा कारोबार हुँदा नयाँ रेकर्ड बनेको थियो ।

यस्तै मङ्गलवार सुनको भाउ प्रतितोला एक लाख २३ हजार रुपैयाँमा कारोबार हुँदा नयाँ रेकर्ड बनेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि बढेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ तोलामा ३० रुपैयाँले बढेर एक हजार चार सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News