२०८० फाल्गुन २४, बिहीबार १३:२०

त्रिशूलीमा बस दुर्घटना हुँदा बेपत्ता रहेका एक जनाको शव फेला परेको छ।

बिहीबार बिहान साढे ११ बजे सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस आदामघाटबाट खटिएको गोताखोरको टोलीले शव फेला पारेको हो।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनास्थलभन्दा अन्दाजी १५० मिटर तल त्रिशूली नदीबाट शव निकालिएको हो।

मृतक अन्दाजी २०-२५ वर्षीय पुरूष छन्। उनको शव नदीबाट निकालिएको छ। पहिचान खुलाउने काम भइरहेको छ।

बुधबार रूपन्देहीबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बिहान ४:४० बजे धादिङको गजुरी गाउँपालिका-५ घाटबेशीस्थित सडकबाट सय मिटर तल त्रिशूली नदीमा खसेको थियो।

दुर्घटनामा ७ जनाको घटनास्थलमै मृत्यु भएको थियो। बिहीबार थप एक जनाको शव फेला परेको हो। ३८ जनालाई उद्धार गरिएको थियो।

बस चालक रूपन्देही लुम्बिनी संस्कृति नगरपालिका-९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Comment

Related News

Latest News

Trending News