अपडेट 
२०८० फाल्गुन २५, शुक्रबार १५:३२

सिन्धुलीको दुधौली नगरपालिका–१ स्थित हत्पतेमा जिप दुर्घटना भएको छ । प्रदेश–२–०४–००१ च ००५६ नम्बरको योद्धा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

घायतेहरुको बर्दिबासस्थित जनसेवा अस्पताल र भिमानस्थित आरएनके पोलिक्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्स्पेक्टर केशव कुमार कटुवालले जानकारी दिए । शुक्रबार लङ्गुरखोला महादेव मन्दिर दर्शनका लागि यात्रु लिएर जाँदै गरेको जिप आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

दुर्घटनामा परेर घाइते हुनेहरुमा महोत्तरीको गौशाला नगरपालिका–११  घर भएका पवन यादव, ललिता देवी यादव, राम कुमारी महतो, रामएकचाल सिंह, विवा कुमारी सिंह, चन्द्र कुमारी सिंह र निलम यादव छन् ।

त्यस्तै, धनुषा मिथिला नगरपालिका घर भएका धिरज सिंह, सोभा सिंह, मन्जु सिंह, अन्जु सिंह र राम अवतार महतो पनि घाइते छन् ।

Comment


Related News

Latest News

Trending News