अपडेट 
२०८० फाल्गुन २६, शनिबार १८:२८

सिरहाकाे गोलबजारमा होटल सञ्चालन गर्दै आएकी एक महिलाको आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा शव भेटिएको छ ।

गोलबजार नगरपालिका–६ की ३२ वर्षीया अनिताकुमारी साहको ढुङ्गा र धारिलो हतियार प्रयोग गरी हत्या भएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

साहले स्थानीय सिकन्द्र पूर्वेको घर भाडामा लिएर विगत एक वर्षदेखि होटल सञ्चालन गर्दै आउनुभएको थियो । गए राति मृतक साह र उहाँका श्रीमान् महेन्द्र साहमाथि कुटपिट भएको खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनास्थलमा पुग्दा महेन्द्रलाई बेहोस अवस्थामा भेटेपछि प्रहरीले उपचारका लागि गोलबजार पुर्‍याएको थियो ।

अनिताको घटनामा संलग्न भएको आशङ्कामा चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्यले जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News