सर्लाहीमा साईकल यात्रीलाई ठक्कर दिने बसलाई स्थानीयले जलाएका छन् ।
नवलपुर–मलंगवा सडक खण्ड अन्तर्गत सर्लाहीको कविलासी नगरपालिका–१० सलेमपुर चोकमा नवलपुरबाट मलंगवातर्फ गइरहेको ग २ ख १४४० नम्वरको बसको ठक्करबाट एक साइकल यात्री गम्भीर घाइते भएका छन् ।
साइकल यात्री सलेमपुरकै ५५ वर्षीय युगलकिशोर महतोलाई प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचारपश्चात काठमाडौं रेफर गरिएको सर्लाही प्रहरीका प्रमुख (एसपी) दयानिधी ज्ञवानीले बताए । “घाइतेलाई भर्खरै यहाँबाट बीएण्डबी अस्पताल काठमाडौँ रेफर गरिएको छ, एसपी ज्ञवालीले भने, अहिले एम्बुलेन्समै लगिँदै छ, बाटोमै हेलिकप्टर मगाउने कुरा भइरहेको छ ।
स्थानीयले अहिले नवलपुर–सलेमपुर सडकमा चक्काजाम गरेका छन् । घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् ।
बसका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।