अपडेट 
२०८० फाल्गुन २९, मंगलवार १४:०५

जनकपुरधामस्थित एक होटलमा बेहोस अवस्थामा भेटिएकी युवतीको मृत्यु भएको छ।

 

सिटी स्टार फेमली होटलमा बेहोस भेटिएकी पोखराको मियाँ टोल बस्ने २७ वर्षीया खुसबु सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा उनको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए।

उनका अनुसार छिमेकी कोठामा बस्ने व्यक्तिले ती युवतीलाई बेहोस अवस्थामा देखेपछि होटल सञ्चालकलाई खबर गरका थिए। लगत्तै उपचारका लागि उनलाई प्रादेशिक अस्पताल जनकपुर पुर्‍याइएको थियो।

मृतक युवती करिब तीन महिनादेखि धनुषाको महेन्द्रनगरमा बस्दै आएकी थिइन्। घटनापछि उनको श्रीमानसहित परिवारका सदस्यलाई खबर गरिएको प्रहरीले जनाएको छ।

मृतक युवतीको शव पोस्टमर्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

फरार भएका युवकको खोजीसँगै घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Comment


Related News

Latest News

Trending News