अपडेट 
२०८० चैत्र १, बिहीबार ०७:२६

तीन प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिइरहँदा मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख हरिशंकर मिश्रलाई मुख्यमन्त्री सरोजकुमार यादवले विदाई गरेका छन् ।

जनकपुरधाममा बुधबार निवर्तमान प्रदेश प्रमुख मिश्रलाई मुख्यमन्त्री यादवले विदाई गरे ।

यता तीन प्रदेश प्रमुखले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शीतल निवासमा शपथ लिएका छन् । मधेश प्रदेशका लागि सुमित्रा भण्डारी, गण्डकी प्रदेशका लागि डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका लागि नजिर मियाँले शपथ लिएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले उनीहरुलाई प्रदेश प्रमुखमा नियुक्त गरेका थिए ।

Comment


Related News

Latest News

Trending News