अपडेट 
२०८० चैत्र १, बिहीबार ११:२४

देशभर तापक्रम बढ्न थालेको छ ।

तराईका केही ठाउँमा गर्मीले जनजीवन नै प्रभावित हुन थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अब पानी परे पनि सबैतिरको तापक्रम बढ्दै जाने मौसमविद्को भनाइ छ ।

यसैबीच पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले आज केही ठाउँमा बदलीसँगै हल्का वर्षाको सम्भावना रहेकोे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले बिहान कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भेगमा आंशिक बदली भएको छ । बाँकी ठाउँको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।

आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक–दुई ठाउँमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भेगका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज लुम्बिनी प्रदेशका केही ठाउँमा हावा–हुरीको समेत सम्भावना रहेको छ ।

Comment


Related News

Latest News

Trending News