अपडेट 
२०८० चैत्र १, बिहीबार ११:२७

सर्लाहीमा मन्दिरमा तोडफोड गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मलंगवा नगरपालिका–८ का ३३ वर्षीय राकेश बैठा रहेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) दयनिधी ज्ञवालीले जानकारी दिए ।

एसपी ज्ञावालीका अनुसार मलंगवा नगरपालिका–८ स्थित राजदेवी मन्दिर र मलंगवा नगरपालिका–९ स्थित झिलमिलिया माई मन्दिर भित्र रहेको मूर्ति तोडफोड गरेको आरोपमा बैठालाई पक्राउ गरिएको हो ।

मंगलबार साँझ बैठाले मन्दिर तोडफोड गरेको प्रहरीले जनाएको छ । बैठालाई धर्म सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ९ को धर्म सम्बन्धी कसुरमा धार्मिकस्थल वा पवित्र मानिएको स्थानलाई क्षति पुर्याए धर्म सम्बन्धी कसुरमा अधिकतम पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

Comment


Related News

Latest News

Trending News