अपडेट 
२०८० चैत्र १, बिहीबार १९:२०

धनुषाको धनुषाधाम स्थित रहेको संरक्षित वनमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहीबार दिउँसो लागेको आगो साँझतिर नियन्त्रणमा लिइएको छ ।

आगो नियन्त्रण गर्न धनुषाधाम नगरपालिका, जनकपुरधाम उपमहागनरपालिका, गणेशमान चारनाथ नगरपालिका र मधेस प्रदेश प्रहरीको वारुण यन्त्रको प्रयोग गरिएको थियो ।

आगो नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली स्थानीय युवा, जनप्रतिनिधि र वन परिषद डिभिजन वन कार्यालय धनुषाले सहयोग गरेका थिए ।

३६५ हेक्टरमा रहेको धनुषाधाम संरक्षित वनमध्य १५ हेक्टर वन पूर्ण रुपले आगलागीबाट नष्ट भएको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News