अपडेट 
२०८० चैत्र २, शुक्रबार ०७:१०

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. अंकुर साह नियुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयको सिफारिसमा डा. साहलाई कुलपति समेत रहेका मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार उपकुलपति नियुक्त गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष समेत रहेका डा. साह प्रतिष्ठानका निमित उपकुलपति थिए ।

जेठ २५ मा प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएपछि प्रतिष्ठान उपकुलपति बिहीन थियो । जसको कारणले प्रतिष्ठानको कामकाज प्रभावित हुँदै आएको थियो । गत फागुन २१ गते स्वास्थ्य मन्त्रालयले उपकूलपतिका लागि डा. साहको नाम एक नम्बरमा राखेर सरकारलाई सिफारिस गरेको थियो ।

स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि असोज १८ मा दरखास्त आह्वान गरेको थियो । जसमा कात्तिक १५ सम्म ९ जनाको दरखास्त परेको थियो । डा. रमेशप्रसाद सिंह (सर्लाही), डा.योगेन्द्रप्रसाद सिंह (सर्लाही), डा. पशुपति चौधरी (सुनसरी), डा. राजेन्द्रप्रसाद साह (पर्सा), डा. गौरीशंकर साह (सुनसरी), डा. विद्यानाथ यादव (सप्तरी), डा. रोहितप्रसाद यादव (रौतहट), डा. अंकुरप्रसाद साह (धनुषा) र डा. सुधीरकुमार सिंह (महोत्तरी)ले आवेदन दिएका थिए । तर, लामोसमयदेखि स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको थिएन ।

Comment


Related News

Latest News

Trending News