अपडेट 
२०८० चैत्र २, शुक्रबार १२:४६

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिनुभएको छ ।

गृहमन्त्री लामिछानेमार्फत आज आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदनले औँल्याएका सिफारिस कार्यान्वयनको सुनिश्चितता गर्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्री प्रचण्डले दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउनसमेत निर्देशन दिनुभएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले प्रतिवेदनले औँल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडि बढाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री प्रचण्डको निर्देशनसँगै गृहमन्त्री लामिछानेले प्रतिवेदन कार्यान्वयनबारे आन्तरिक परामर्श थाल्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

आयोगले हिजो उपप्रधान एवम् गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।

Comment


Related News

Latest News

Trending News