अपडेट 
२०८० चैत्र ४, आईतवार २०:१४

आरती साहको मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरीले उनकी सासु रेणुदेवी साहलाई पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–७ थापाचोककी ५५ वर्षीया साहलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

आरती साहको हत्या मुद्दामा आरतीका श्रीमान मोतीबाबु भने हाल पुर्पक्षका लागि थुनामा छन् ।

गत जेठ ७ मा आफ्नै घरमा आरती झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । दाइजोको कारण श्रीमान, सासू, ससुरा, देवरलगायतले आरतीको हत्या गरेको माइती पक्षको आरोप छ ।

आरतीको मृत्यु प्रकरणमा माइती पक्षले आन्दोलन गर्दा तत्कालै पक्राउ परेका उनका श्रीमान मोतीबाबु अदालतबाट साधारण तारेखमा छुटेका थिए । त्यसपछि मुद्दालाई कमजोर बनाएको भन्दै आरतीका आमाबुवा, दाइ र बहिनीले आन्दोलन गर्दै आएका छन् ।

उनीहरुलाई काठमाडौंमा धर्ना बसेको झण्डै १० महिनापछि रवि लामिछाने गृहमन्त्री बनेको केही दिनमै वार्ता गरी धर्ना तोड्न लगाएका थिए ।

Comment


Related News

Latest News

Trending News