अपडेट 
२०८० चैत्र ५, सोमबार २०:२३

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका नव नियुक्त उपकुलपति डा. अंकुर साहले पद तथा गोपनियताको सपथ लिनुका साथै पदभार ग्रहण गरेका छन् ।

निमित उपकुलपति समेत रहेका उनले मधेस प्रदेशका मुख्यमन्त्री एवं प्रतिष्ठानका कुलपति सरोजकुमार यादव समक्ष पद तथा गोपनियताको सपथ लिएका छन । सपथ लिए लग्दै उनले प्रतिष्ठानको कार्यालय पुगेर पदभार ग्रहण गरेका छन । उपकुलपति डा. रामकेवल साहको निधन भएपछि कार्यवाहकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

स्वास्थ्य मन्त्रालयको सिफारिसमा डा. साहलाई कुलपति समेत रहेका मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार उपकुलपति नियुक्त गरेको गरेका थिए । २५ जेठमा प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएपछि प्रतिष्ठान उपकुलपति बिहीन थियो ।

Comment


Related News

Latest News

Trending News