अपडेट 
२०८० चैत्र ७, बुधबार ०७:४०

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

धनुषास्थित जनकपुरधाम– ढल्केवर सडकखण्ड अन्तर्गत मिथिला नगरपालिका– ६ स्थित बसही खोला पुलमा मोटरसाइकल दुर्घटना हुँदा महोत्तरीको भंगहा नगरपालिका– ५ बस्ने ३५ वर्षीय कैलाश साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । साह मधेश प्रदेश ०२–००७ प ४२६४ नम्बरको मोटरसाइकल गए राति बसही खोलाको पुलमा दुर्घटना भएको थियो ।

जनकपुरधाम तर्फ आउन लागेको बेला राति दुर्घटना हुँदा गम्भीर घाइते भएका साहलाई उपचारको लागि ढल्केवर स्वास्थ्य चौकी पश्चात प्रादेशिक अस्पताल जनकपुरमा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले बताए । उनले मोटरसाइकमै सवार अन्य एक व्यक्ति मोटरसाइकलसहित फरार रहेको बताए ।

फरार व्यक्तिको खोजी र घटना विषयमा थप अनुसन्धान भइरहेको बताए ।

Comment


Related News

Latest News

Trending News