अपडेट 
२०८० चैत्र ७, बुधबार ०७:५७

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज बिहानैदेखि मौसम बदली भएको छ ।

देशको मध्य र पूर्वी क्षेत्रका धेरै ठाउँमा मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद गोविन्द झाका अनुसार आज काठमाण्डौ उपत्यकासहित बाग्मती, मधेश र कोशी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।

कोशी, मधेश र बाग्मती प्रदेशका थोरै ठाउँका साथै पहाडी भेगका अरु एक–दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित छिटपुटदेखि हल्का पानी पर्न सक्ने उहाँले बताउनुभयो । यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना  छ ।

Comment


Related News

Latest News

Trending News