अपडेट 
२०८० चैत्र ८, बिहीबार १६:४२

लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले अगामी ६ महिनाभित्र विधान अधिवेशन र एक वर्षभित्र पार्टी महाधिवेशन गर्ने निर्णय गरेको छ ।

महोत्तरीको बर्दिबासमा बसेको लोसपाको केन्द्रीय कमिटी बैठकले सो निर्णय गरेको हो । निर्णय सार्वजनिक गर्न जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा लोसपा अध्यक्ष महन्त ठाकुरले जिल्लादेखि वडासम्म पार्टीको पुनर्गठन गरी सुदृढिकरण अभियान चलाउने बताए ।

लोसपा वर्तमान सत्ता गठबन्धनमा छैन् । सरकारमा रहँदा लोसपा संविधान संशोधन, नागरिकता समस्या, मधेश आन्दोलनकारीमाथि चलाइएको मुद्दाबारे मौन थियो । तर वर्तमान सरकार तथा गठबन्धनमा सहभागी नभएको लोसपा पुनः ति मुद्दाहरु उठाउने निर्णय गरेको छ ।

अध्यक्ष ठाकुरले वर्तमान अपुरो संविधान संशोधन, आमाको नामबाट नागरिकता प्रदानसहितका नागरिकता समस्या समाधान गर्न र मधेश आन्दोलनकारीमाथि लगाएको झुठा मुद्दा फिर्ता लिनुपर्ने माग सरकारसंग गर्ने निर्णय केन्द्रीय कमिटीको बैठकले गरेको बताए ।

विगतदेखि अहिलेसम्म लाभको पदमा बसेका राजनीतिकर्मी र उच्च पदस्थ अधिकारीको सम्पत्ति छानविन गर्न पनि लोसपाले माग गरेको छ ।

यस्तै कृषिको उत्थानको लागि किसानहरुलाई समयमा मल, उन्नत विउ, विषादी र मलमा उचित अनुदान दिन लोसपाले सरकारसँग माग गरेको छ ।

लोसपा केन्द्रीय कमिटी बैठकले भारतसंग भ एको विद्युत व्यापार सम्झौताको स्वागत गर्दै चीनसंगको बिआरआई सम्झौता नेपालको हितमा नभएको ठहर गरेको छ ।

Comment


Related News

Latest News

Trending News