अपडेट 
२०८० चैत्र ८, बिहीबार १९:०२

गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संंघ(नेविसंघ) र प्रहरीबीच झडप भएको छ ।

बिहीबार काठमाडौंको पुतलीसडकस्थीत शंकरदेव क्याम्पस अगाडी गृहमन्त्रीको राजीनामा माग गर्दै राँके जुलुसका साथ प्रदर्शनमा उत्रिएका नेविसंघ आवद्ध विद्याथी र प्रहरीबीच झडप भएको हो । राँके जुलुस प्रदर्शन गरेपछि विद्यार्थीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरुले सहकारी पिडितलाई न्याय दे, गृहमन्त्री राजीनामा दे लगाएका नारा लगाएका थिए ।

नेविसंघले सहकारी प्रकरणमा मुछिएकालाई गृहमन्त्री बनाएको र अनुसन्धान प्रभावित हुने भएकाले बर्खास्त गर्न माग गर्दै आएको छ ।

Comment


Related News

Latest News

Trending News