अपडेट 
२०८० चैत्र ९, शुक्रबार ०७:३१

जीवन अन्ततः एउटा बिन्दु हो , बिन्दुबाट जति टाढा हुन खोज पनि त्यति नै नजिक आउने गर्दछ ।सत्तास्वादका सम्बन्धमा एउटा कथा सुनेको थिए– एक जना नेताको मगजको शल्यक्रिया हुँदै थियो । जटिल शल्यक्रिया भएकाकारण चिकित्सकले नेताको खोपडिबाट मगजलाई निकालेर मगजमा रहेको चोरी , बेइमानी , अपारदर्शिता , भ्रष्टाचार , व्यभिचार , अपराधलाई सफाई गर्ने कार्य गरिरहेका थिए , त्यही बेला एउटा कार्यकर्ताले नेतालाई प्रधानमन्त्रीमा नियुक्त भएको खबर सुनाए छन् ।

नेताले कार्यकर्ताबाट त्यो खबर सुनेकै क्षण शल्यक्रियालाई कुनै बास्ता नै नगरिकन त्यहाँबाट बाहिर निस्किन लागे । त्यो अवस्थालाई देखेर चिकित्सकले नेतालाई तपाई मगजलाई अलपत्र पारी कहाँ जाँदै हुनुहुन्छ भन्ने प्रश्न गरे । नेताले मलाई अब मगज चाहिदैन , म त प्रधानमन्त्री भइसके , मगज तपाई नै राख्नोस भन्दे जवाफ दिएका थिए ।

मैलो भेल जताततै मगजमा बाढी चलेको बेला एक नेताको बुझाइ यस्तो पनि रहेको पाइन्छ । पञ्चायतकालमा जनकपुरधामका एक नेता शिक्षा सहायक मन्त्रीमा नियुक्त भए । तत्कालीन व्यवस्थाको विशिष्टताका आधारमा उनी अगुवा भएको शासकीय मूल्याकनले राजाबाट मन्त्री नियुक्त भएका थिए । मन्त्री आफूलाई लालबुझकर ठान्थे ।

भक्तिभाव र कुरा गर्न सिपालु मन्त्रीले एक दिन ट्रकको पछाडि लेखिएको हर्न प्लीज शब्दको प्रयोग कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै आह्लादपूर्वक गर्न थाले । मन्त्री करबद्ध भइ हर्न प्लीज – प्लीज भन्दै गइरहेका थिए । मन्त्रीबाट हर्न प्लीज भन्दै स्वागत सत्कारले सहभागीहरु विस्मयमा थिए । सहभागीहरु होरी भएका कारणले हो कि मन्त्रीले हर्न प्लीज भन्दै स्वागत सत्कार गरिरहेका छन् कि ? प्रश्नहरुको ओइरोबीच एक जना सहभागीले मन्त्रीलाई सोधे छन् – हर्न प्लीज कस्तो स्वागत हो मन्त्री जी ? मन्त्रीले सगौरव जवाफ दिए – यसको अर्थ पनि थाहा छैन , कस्तो पढाइ लेखाइ छ तपाईको ? यसको अर्थ हो – स्वागतम् – स्वागतम् । शिर झुकाएर बाँच्नु पनि के बाँच्नु , पीर लुकाएर बाँच्नु पनि के बाँच्नु । परिवर्तनको निहुँमा मौन भएको देख्दा सहमति र सहकार्यमा मिल्ने छातिहरु मासिंदै गइरहेका छन् ।

माटोमा होली खेल्दै सेतुहरु भत्किदै गइरहेका छन् । उल्टा– सुल्टा दृश्य आँखाले देख्नु दिनचर्या हुँदै गएको छ । आशा गलामा अडकेको छ । संघीयता थलामा परेको छ । उद्दण्डताले रजाइँ गरिहेको छ । यस्तोमा स्वामी विवेकानन्दको “ जसले तिम्रो मन , बुद्धि र शरीर लाई निर्बल गरिरहेको छ त्यसलाई विषका रुपमा लिइ त्याग्नु पर्दछ ” कथनको भावभूमिमा हामी कहाँ कतिपय यस्ता प्रसंग छन् जसले संघीयता , व्यवस्थाप्रति नै वितृष्णा उत्पन्न गरेका कारण संघीयता रुँदै आँशु बर्बर झार्दे गरेको अनुभूति भइरहेको छ ।

छ वर्ष अघि प्रदेशसभासद रामअशिष यादव प्रकृति , वातावरणीय संरक्षण सन्दर्भमा वातावरण ,वन , उद्योग मन्त्री समक्ष संरक्षणका लागि रोपिएका विरुवाको रक्षाका लागि ट्री गार्डको आवश्यकतामाथि ध्यानाकर्षण गराउँदा मन्त्री महापण्डित वक्ताझैं दिएको उपदेश मुर्दा जिएतुल्य जिन्दगानी लाग्छ । मन्त्रीको ट्री गार्ड बारेको बुझाइले सभासद यादवको मनमा अंकुराउन तत्पर भावना घर ने भत्केको थियो । मन्त्रीले सभासद यादवका टोलीलाई उपदेश दिदै भनेका थिए– हेर्नोस यो विरुवा अधिक महंगो छ , त्यसकारण सस्तो ट्री गार्ड रोप्ने कार्य गर्नोस , महंगो विरुवा रोपेर के हुन्छ ? सजिलो र अप्ठ्यारोको सीमारेखा त्यसप्रतिको बुझाइ हो ।

सत्य , असत्य , साँचो झुट यी सबै कुराको सीमारेखा पनि बुझाइ हो । बाटो बिर्सिएर के भेटिन्छ ? एउटा लामो डोर पहाडतिर उक्लिएको ,एउटा पातलो गोरेटो खोलामा टुङ्गिएको , एउटा घांसे गल्ली अज्ञाततिर बिलाएको , एउटा साँघुरो खोंच जमीनतिर धस्सिएको , एउटा अर्के बाटो जीवनको , मात्राको । मलाई बाटो बिर्सिन मन छ र पुग्न मन छ कुनै दुनियाँ , जहाँ आफूलाई चिन्ने , आफूबाहेक नभेटियोस् । राजनीति उपयोगिता मात्र हुँदेन ,त्यसले आमजनताको कुरा सुन्छ र उनीहरुलाई हेर्छ जस्ता पक्ष महत्वपूर्ण हुन्छ । एउटा कानले सुन्ने अर्काबाट उडाउने बेधर्मीका कारण राजनीतिका महत्वपूर्ण पक्ष मगन्तेझें हुन पुगेको देखिएको छ ।

त्यसैले कुनै पनि व्यक्तिको मूल्यांकन उत्तर भन्दा पनि प्रश्नले गर्नु पर्दछ । तर्कको संसारमा गोता लगाउँदा आस्थाले उसलाई सहारा दिन्छ । वस्तुतः श्रद्धा बुद्धिको प्रतिद्वन्द्वी होइन ,मानवको विश्राम स्थल हो जहाँ असीम शान्ति अनुभूति हुन्छ । आवश्यकता इच्छा र महत्वकांक्षाको उचाइ दिने क्रममा अगाडि बढ्दै गर्दा अहमता वा आडम्बरी भावनाले मनमा दरिलो स्थान ओगटेको अवस्थामा समान्यतः पढेÞ लेखेका भन्दा मानवीय व्यक्तिलाई मन पराउँने गरिन्छ । ।

पढे लेखेका व्यक्ति मानवीय छैनन् भने उनलाई धूर्त भन्ने गरिएको छ । उद्देश्यपूर्ण योजना , दृढतापूर्ण तयारी , सकारात्मकता र लक्ष्य प्राप्तिका लागि निरन्तर प्रयास जीवन जिउने साँचोका रुपमा रहेको छ ।आडम्बर र आशक्तिले झुट , विकृति , असन्तोष , चिन्ता र दुखलाई मात्र सहयोग पु¥याउँछ । आडम्बरी जीवन शैली र व्यवहार नकारात्मकको श्रेणीमा पर्ने गरे पनि राजनीति र पहुँचका आधारमा यथार्थलाई चुनौती दिने मनोभाव घातकी खेलमा सिद्धहस्त छन् । भनिन्छ – सोचाइ बिग्रिए जित्र्रो बिगार्छ ,जिब्रो बिग्रिए बोली बिगार्छ , बोली बिग्रिए मन बिगार्छ , मन बिग्रिए सम्बन्ध बिगार्छ , सम्बन्ध बिग्रिए घर बिगार्छ , घर बिग्रिए जीवन बिगार्छ ।

जीवन बिताउनु थियो ,बित्यो ,राम्रो बित्यो कि नराम्रो , म त यस क्रमलाई पुरानो लुगा च्यात्नुझै मान्ने गर्छु , जीवन बिताउनु थियो त्यो बिते छ । प्रसङ्ग हो– कोरोना कालको । कोरोना भाइरसको संक्रमण काठमाण्डु लगायत मधेशमा पनि विस्तार हुँदै गइरहेको थियो । कोरोना भाइरसको संक्रमणबाट काल कवलित हुने अवस्थालाई दृष्टिगत गर्दे प्रदेश सरकारले सचेतनामूलक अभियान सञ्चालन गर्ने निधो गर्यो । सचेतनामूलक अभियान सञ्चालनका लागि सामाजिक विकास मन्त्रालयलाई अग्रसर गराइयो । सामाजिक विकास मन्त्री सचेतनामूलक अभियानको संरचनागत कार्यको शुभारम्भ गर्दे अभिव्यक्ति दिए – कोरोना भनेको सोसल डिसटेन्स हो । यो क्षणलाई सम्झिंदा उड् दा उड्दैको चरो फूत्त खस्यो आकाशबाट , चारो पर्खेका बचेराहरु पर्खिरहेझैं लाग्छ ।

Comment


Related News

Latest News

Trending News