अपडेट 
२०८० चैत्र ९, शुक्रबार १८:४६

मुख्यमन्त्री सरोजकुमार यादवले मधेश कृषि विश्वविद्यालयका पदाधिकारीहरुलाई वैज्ञानिक खेतीका लागि उन्नत बाली एवं प्रविधिको विकासमा जोड दिन निर्देशन दिनु भएको छ ।

मधेश कृषि विश्वविद्यालयको तेस्रो विश्वविद्यालय सभालाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री यादवले कृषिको मुख्य आधार क्षेत्र मधेश प्रदेशमा स्थापित कृषि विद्यालयले यस प्रदेशका किसानहरुलाई जिविकोपार्जनमुखी कृषि बाट व्यवसायिक एवं वैज्ञानिक कृषिमा रुपान्तरण गर्नका लागि प्रविधीको विकासमा जोड दिन निर्देशन दिनु भयो ।

उहाँले भन्नु भयो ,‘ हाम्रो मुलुकनै कृषि प्रदान हो , त्यसमा पनि मधेश प्रदेशको मुल अर्थव्यवस्था नै कृषिमा आधारित छ । तसर्थ हाम्रौ गौरवको योजनाको रुपमा रहेको मधेश कृषि विश्वविद्यालयले माटो सुहाँउदो प्रविधिको विकास गर्नुको विकल्प छैन । ’

उहाँले कृषि क्षेत्रमा भै रहेको ह्रासलाई नियन्त्रण गर्दैै वैज्ञानिक कृषिका लागि विश्व विद्यालयले गर्ने अनुसन्धान लगायतको कार्यमा प्रदेश सरकार हरसम्भव तैयार रहेको उल्लेख गर्नु भयो ।

कृषिको विकास विना मधेश प्रदेशको विकास सम्भव नरहेको यथार्थलाई स्वीकार्य गर्दै मधेश प्रदेश सरकारले कृषि विश्वविद्यालयको स्थापना गरेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले भन्नु भयो ,‘ यसले दक्ष प्राविधिक उत्पादन गर्छ नै साथै उन्नत बालीको विकास र प्रविधिमा समेत उल्लेख भूमिका निर्वाह गर्नु पर्दछ । ’

जनकपुरधाममा आज सम्पन्न तेस्रो विश्वविद्यालय सभाले विश्वविद्यालयले पछिल्ला दिनमा गरेका कार्यहरुको अनुमोदन गर्नुको साथै अगामी दिनमा विश्वविद्यालय संचालन लगायतका कार्यमा आवश्यक पर्ने निति नियमहरु पारित गरेको छ ।

विश्वविद्यालयका कुलपति समेत रहनु भएका मुख्यमन्त्री यादवको अध्यक्षतामा भएको सभामा मुख्यन्यायधिवक्ता विरेन्द्र ठाकुर , सभाका सदस्यहरु निती तथा योजना आयोगका उपाध्यक्ष नाथुराम चौधरी, जागेश्वर यादव, डा. प्रकाश कुमार यादव, कृषि वैज्ञानिक उर्मिला साह, शिक्षा तथा संस्कृति मन्त्रालयका नि.सचिव महेन्द्र महतो,प्रा. डा. कन्हैया प्रसाद सिह , उपकुलपति डा वैद्यनाथ महतो, रजिष्ट्रार भगवान ठाकुर सहितका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News