अपडेट 
२०८० चैत्र १०, शनिबार ०७:०४

सत्तारुढ नेकपा माओवादी केन्द्र परित्याग गरेका नेता रामकुमार शर्मा जनता समाजवादी पार्टी(जसपा) नेपालमा जाने सम्भावना छ ।

माओवादीले जिम्मेवारीविहीन बनाएर राखेको आरोप लगाउँदै नेता शर्माले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई बिहीबार राजीनामा पत्र बुझाएका थिए । माओवादी केन्द्रमा केन्द्रीय सदस्यमा सीमित रहेका शर्माले जिम्मेवारीका लागि पटक–पटक प्रयास गरेका थिए । तर उनले आश्वासन बाहेक केही पाएनन् ।

पार्टीसितको असन्तुष्टिबारे बताउँदै उनले भने, मैले माओवादी पार्टी परित्याग गरिसकेको छु । अबको यात्राबारे अझै निर्णय लिइ नसकेको उनले बताए । ‘देशमा ३२ सांसद भएका दलका नेता प्रधानमन्त्री बनेका छन्’ उनले भने, मधेश प्रदेशमा मात्र त्यति सिट रहेकाले इमान्दारीपूर्वक मिहिनेत गरिए मधेशी पनि प्रधानमन्त्री बन्ने अवस्था आउने सक्छ ।

नेता शर्माले माओवादी छाडे पनि कुन दलमा जाने निर्णय गरिनसकेको बताए । ‘जसपासित जोडिन सहज रहेको छ ’ उनले भने, विगतमा पनि जसपाका अध्यक्ष उपेन्द्र यादवसँगै काम गरेकाले अहिले पनि अप्ठ्यारो हुने छैन । माओवादी परित्याग गर्नु अगावै नेता शर्माले जसपाका अध्यक्ष समेत रहेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवसित भेटेका थिए ।

उपप्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिन स्वास्थ्य मन्त्रालय पुगेका शर्माले राजनीतिक संवाद गरेको जसपाका एक नेताले बताए । शर्माले पार्टी परित्याग गरेसँगै माओवादीमा असन्तुष्टिको स्वर सार्वजनिक हुन थालेको छ ।

सप्तरीका प्रभावशाली नेता एवं पूर्वमन्त्री उमेश यादवले सामाजिक सञ्जाल फेसबुकमा असन्तुष्टि जनाउँदै भनेका छन् , ठोस कार्य विभाजनसहित सबैको उपयुक्त जिम्मेवारी सहितको मुद्दा उठाइराख्नु भएको थियो ,जो सबैको विषय हो । तर,हाम्रो नेताहरुलाइ सुन्ने फुर्सद भएन ।’ उनले रामचन्द्र मण्डल ( हाल नेकपा एमाले बाट मधेश प्रदेशको सभामुख ), ज्वाला साह (नेकपा एमाले बाट हाल संघीय मन्त्री’ ले पनि पार्टी छाड्नु परेको उल्लेख गरेका छन् ।

बाराका रामबाबु यादव, महोत्तरीका बलराम यादव, सप्तरीका महेश प्रसाद यादवले जिम्मेवारी नपाउँदा पार्टी छाडेर महत्वपूर्ण पदमा पुगेको उल्लेख गर्दै उनले अगाडि भनेका छन् , ‘पार्टीमा आउने, जाने भइरहन्छ तथा मधेशी जनता ठीक ,मधेशी मूलको नेतृत्व बेठीक ,जनयुद्ध लडेर आएका गवार जस्ता कुरा गरेर समय फाल्दा ज्यान फाल्न हिडेका एवं पार्टीको माया राख्नेहरुको आक्रोशको शिकार हुन नपरोस् ।’

Comment


Related News

Latest News

Trending News