अपडेट 
२०८० चैत्र १०, शनिबार १३:००

रुसमा एउटा कन्सर्ट हलमा भएको आक्रमणमा परी ६० जनाको ज्यान गएको छ । घटनामा एक सय जनाभन्दा धेरै घाइते भएका छन् । यो घटना मस्को नजिकैको क्रोकस सिटी हलमा भएको हो ।

रुसी मानव अधिकार आयोगले यो आक्रमणलाई ‘आतंकवादी हमला’ भनेर टिप्पणी गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । कन्सर्टअघि हलभित्र प्रवेश गरेका हतियारधारी समूहले अन्धाधुन्ध गोली चलाएका थिए । हल रहेको भवनमा आगलागी भएको छ ।

भवनमा अरू धेरै मानिस फसेका हुनसक्ने अनुमान छ । इराक र सिरीया सक्रिय रहेको आईएसआईएल समूहले आफ्नो टेलिग्राम च्यानलमार्फत् घटनाको जिम्मेवारी लिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Comment


Related News

Latest News

Trending News