अपडेट 
२०८० चैत्र ११, आईतवार ०८:००

सर्लाहीको भारतीय सीमावर्ती विष्णु गाउँपालिका स्थित वाराउद्योरण गाउँमा श्रीमान र श्रीमतीको एकसाथ दाहसंस्कार गरिएको छ

श्रीमान ललन सिंहको शव देख्ने वितिकै श्रीमती संगिता सिंहलाई हर्टअट्याक भएको र उपचारका क्रममा उनको पनि मृत्यु भएको छ । बुबाआमाको एकसाथ मृत्यु भएपछि २ छोरी र एक छोराको भने विचल्ली भएको छ ।

नेपाली कांग्रेस महासमिति सदस्य समेत रहेका स्थानीय अजित सिंहका अनुसार घटना गत बुधबारको हो । महिना दिनअघि एक्कासी ‘ बमिट’ सँगै पेट समेत दुःखेपछि ५० वर्षीय ललन उपचारका लागि सितामाढी पुगेका थिए । डा. सुनिल सिंहले आन्द्राको शल्यक्रिया गर्नुपर्ने भनेपछि सोही अनुसार उपचार गराए पनि एकसाता अघि फेरि ललनको पेट दुख्यो । फेरि पेट दुख्यो भन्दै पूराना चिकित्सककोमा पुग्दा डा. सिंहले दोहोर्याएर शल्यक्रिया गरे । शल्यक्रिया पश्चात अस्पतालमै ‘बेडरेष्ट’ गरिरहेका ललनसँग उनकी श्रीमती संगिता पनि थिईन् ।

कांग्रेस नेता सिंहका अनुसार तर गत मंगलबार राति अस्पतालमै ललनको मृत्यु भयो । अनि अस्पतालले एम्बुलेन्समा हालेर ललनको शव वाराउद्योरण पठायो र संगितालाई श्रीमानलाई घर पठाईसकिएको खबर गर्यो । संगिता पनि श्रीमानलाई ठिक भएर पठाईएको होला भन्ठान्दै टेम्पो चढेर बुधबार बिहान ४ बजेतिर घर आईपुगिन् । घर आईपुगेपछि उपचार पश्चात ठिक भयो होला भन्ठानेकी श्रीमानको शव देखेपछि एक्कासी ४५ वर्षीया संगितालाई हर्टअट्याक भयो ।

तत्काल नजिकै भारतको मेजरगंज स्थित अस्पतालमा पुर्याउँदा चिकित्सकले संगितालाई पनि मृत घोषणा गरेको सिंहले बताए । बुधबार स्थानीय बासिन्दाले नगद सहयोग संकलन गरेर श्रीमान– श्रीमतीको एकैठाउँमा दाहसंस्कार गरेका छन् । ‘उपचार गराउँदा गराउँदै र दुईवटी छोरीको विबाह गर्दा उनिहरको ऋण पनि निकै रहेछ’, सिंहले भने, ‘आर्थिक अवस्था निकै कमजोर भएकाले हामी गाउँलेले आर्थिक सहयोग संकलन गरेर दाउरा लगायत आवश्यक सामानहरु किनेर दुवैजनाको एकै ठाउँमा दाहसंस्कार गर्यौं ।’ आम्दानीको कुनै बाटो नभएको र ऋण पनि थुप्रै भएको अवस्थामा एकमात्र सहारा श्रीमानको पनि मृत्यु भएपछि संगितालाई हर्टअट्याक भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।

Comment


Related News

Latest News

Trending News