अपडेट 
२०८० चैत्र १२, सोमबार ०५:५५

तराई/मधेशमा होली सोमवार र मंगलवार मनाइँदैछ । मिथिला परिक्रमाको मान्यता अनुसार होली मंगलवार मनाइनेछ । तर मधेशको अधिकांश पालिकाहरुमा सोमवार नै होली मनाइँनेछ ।

मधेशमा होलीमा जबरजस्ती रंग अबीर दल्ने, मदिरा सेवन गरी उत्पात मच्चाउनेलाई कारबाही गरिने प्रहरीले जनाएको छ । होलीमा सुरक्षा व्यवस्थालाई अत्यन्त कडा बनाइएको प्रहरीले जनाएको छ । मदिरा सेवन गरी सवारी चलाउनेलाई पनि कारबाही गरिने बताइएको छ । रंगअबीरको त्यौहार होलीलाई सदभावपूर्ण रुपमा मनाउन प्रहरीले अपिल गरेको छ ।

तराई/मधेश बाहेकका जिल्लाहरुमा आइतवार नै होली पर्व मनाइएको छ । राजधानी काठमाण्डुमा रहने मधेशीहरुले पनि आइतवार नै होली सम्पन्न गरेका छन् । होलीको दिन नगर र ग्रामीण क्षेत्रमा समेत भारी संख्यामा सुरक्षाकर्मी परिचालित रहने बताउँदै मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेलले जनाएका छन् । होलीलाई सदभावपूर्ण ढंगले मनाउन उनले आव्हान गरेका छन् ।

Comment


Related News

Latest News

Trending News