२०८० चैत्र १२, सोमबार १७:१३

झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले आदेश दिएको छ।

न्यायाधीशहरू कुमार चुँडाल र सारंगा सुवेदीको इजलासले सोमबार प्रक्रिया पुगेको भए बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएका हुन्।

सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका अनुसार आदेशको प्रति भने आइसकेको छैन। ‘दुर्गा प्रसाईंको मागबमोजिम रिट जारी भएको हो,’ उनले भने।

प्रसाईंले बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धनबारे चिकित्सा शिक्षा आयोगविरूद्ध सर्वोच्चमा रिट दिएका थिए। प्रसाईंले २०७७ असार र असोजमा सर्वोच्चमा रिट दिएका थिए।

Comment

Related News

Latest News

Trending News