अपडेट 
२०८० चैत्र १४, बुधबार ०७:४४

मलेसियाले अब विदेशी कामदारलाई कलिङ भिसा जारी नगर्ने भएको छ ।

मलेसियाको अध्यागमन विभागले विदेशी कामदारहरुलाई मार्च ३१ बाट कलिङ भिसा जारी नगर्ने सूचना आएको भन्दै क्वाललम्पुरस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।

दूतावासले मलेसियाको उक्त सूचनाका कारण अर्को सूचना नभएसम्मका लागि सुरक्षा क्षेत्र (सेक्यूरिटी गार्ड) बाहेकका कामदारको भिसा प्रक्रियाका लागि फाइल लिन नसकिने उल्लेख गरेको छ ।

मलेसियाको यो निर्णयसँगै नेपालको वैदेशिक रोजगार प्रभावित हुनसक्ने आंकलन गरिएको छ । हाल मलेसियामा ३ लाख बढी नेपाली कामदारहरु रहेका छन् ।

Comment


Related News

Latest News

Trending News