२०८० चैत्र १५, बिहीबार १९:२४

सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ७ रुपैयाँ २८ पैसा तोकेको हो ।

तर, १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा भने सरकारले एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२०० ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने निर्णय गरिएको छ ।

Comment

Related News

Latest News

Trending News