अपडेट 
२०८० चैत्र १७, शनिबार ०७:२३

नेपालको लोकतान्त्रिक आन्दोलनका प्रजातान्त्रिक सेनानी मथुरा प्रसाद उपाध्यायको २७ औँ पुण्यतिथि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

सेनानी उपाध्यायको २७ औं पुण्यतिथिको अवसरमा शुक्रबार नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ समितिले स्थानीय जानकी वृद्धाश्रममा फलफुल सहितको राहत सामग्री वितरण गरेको छ ।

वडाका सभापति संजय प्रसाद साहको नेतृत्व तथा पूर्वमन्त्री तथा प्रदेश सांसद राम सरोज यादवसहितको विशेष उपस्थितिमा राहत सामग्री वितरण गरिएको छ । राहत वितरण कार्यक्रममा पूर्वमन्त्री यादवले वृद्धाश्रमको वृहत हित, संरक्षण र विकासको साथै सेनानी उपाध्यायका योद्धाहरुको स्मरणमा विभिन्न कार्यक्रम गर्न एक समिति नै बनाउनु पर्नेमा जोड दिए ।

सेनानी उपाध्यायको पुण्यतिथिको अवसरमा जनकपुरधाम– ११ स्थित मनकामना सिद्ध हनुमान मन्दिरको प्राङ्गणमा श्रद्धाञ्जली कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

कार्यक्रममा वक्ताहरुले सेनानी उपाध्यायले २०२८ साल देखि २०३९ सालसम्म जनकपुरधामको नगर सभापतिको रुपमा संगठन विस्तारदेखि पार्टीको लागि महत्वपूर्ण योगदान पुर्याएको भन्दै चर्चा गरिएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका जनकपुरधाम उपमहानगरका नगर सभापति तथा मेयर मनोज कुमार साहले जनप्रतिनिधि र कांग्रेसका वडा समिति बीच कुनै पनि समन्वय हुन नसक्दा संगठन सुस्त भएको आरोप लगाए ।

कार्यक्रममा काँग्रेस धनुषाका उपसभापति गणेश झा, पूर्वनगर सभापति धिरेन्द्र मोहन झा, बस व्यवसायी संघका अध्यक्ष तथा नेता मनोज चौधरीलगायतका सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News