अपडेट 
२०८० चैत्र १७, शनिबार ०८:२५

राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले देश आफ्नै विचार, संस्कृति र सभ्यतामा नचल्दा समस्या उत्पन्न भएको बताएका छन् ।

बृहत संवादात्मक कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका नेता महतोले देश आफ्नै विचार, परिस्थिति, संस्कृति र सभ्यताको आधारमा सञ्चालन हुन नसकेको बताए । उनले वर्तमान शासन र संविधानबाट जनतामाथि विभिन्न प्रकारका उपेक्षा, विभेद र शोषण गरिएको दावी गरे । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल त्यागेर बहुल राष्ट्रिय राज्यको नारासहित अभियानमा लागेका नेता महतोले एकल चिन्तन सोचबाट देश चलाउँदा अहिलेको अवस्था सिर्जना भएको बताए ।

विविधता, विभिन्न पहिचान र राष्ट्रियताले भरिएको देशलाई एकल चिन्तन सोचबाट अप्राकृतिक हिसाबले सञ्चालन गरिएको महतोको भनाइ छ । नेता महतोले संघीयताको मर्म र भावना विपरीत सबै थोक केन्द्रको मातहतमा राखेर बेइमानी गरिएको बताए । यही कारणले संघीयताको व्यवस्था नै खराब हो भन्ने सन्देश तल्लो तहमा पुगेको उनले बताए । उनले बहुल राष्ट्रिय राज्य स्थापनार्थ आफूले सुरु गरेको अभियान विखण्डनको कुरा हो कि भनेर भ्रम छर्न खोजिएकाले त्यस कुराको पछि नलाग्न आग्रह गरे ।

Comment


Related News

Latest News

Trending News