अपडेट 
२०८० चैत्र १८, आईतवार १३:४५

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले न्यायाधीशहरुको आचरणबारेमा संसदीय छानबिन समिति गठनको माग गरेका छन् ।

जिल्लादेखि सर्वोच्च अदालतसम्मका न्यायाधीशले गरेको न्याय निरूपणको बारेमा संसदीय छानबिन गर्नुपर्ने उनको भनाई छ । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले न्यायपालिकाको जिल्ला वा उच्च वा सर्वोच्चले फैसला गर्दा कानुनको आधारमा हुनुपर्ने बताउँदै व्यक्तिको अनुहार हेरेको आधारमा फैसला गर्न नहुने बताए ।

गत शुक्रबार सर्वोच्च अदालतबाट प्रतिनिधि सभा सदस्य टेकबहादुर गुरुङको निलम्बन फुकुवा हुन आदेश भएको थियो । उक्त आदेशतर्फ संकेत गर्दै सांसद सिंहले भने, ‘वर्षौदेखि रहेका जनताका मुद्दा पेसीमा नचढ्ने । कसैको एकै महिनामा पाँच पटक पेशी चढ्ने ?’

न्यायपालिकाको निर्णय प्रक्रिया संविधान र कानुनसम्मत हुनुपर्ने भन्दै उनले कुन आधारमा निर्णय भइरहेको छ त्यसका लागि न्यायाधीशहरुको मोबाइल रेकर्ड मनिटरिङ हुनुपर्ने माग राखे ।

Comment


Related News

Latest News

Trending News